भूमिकाको ‘बनचरी’ सार्वजनिक

  प्रकाशित मिति
२२ आश्विन २०७७, बिहीबार १७:२८


झापा, २२ असोज । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिजगरिएको हो ।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईतीगाउँका ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताइन् ।

सुब्बा आफै राम्रो गायिका समेत हुन । उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन वटा सोलो एल्बम रहेका छन् भने आधा दर्जनभन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो बनचरी ।

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन ।

बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीतभर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाडौं उपत्यका छेउछाउको ग्रामिण दृष्यहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: