भूमिगत गतिविधिको छानविन गर्न माग

  प्रकाशित मिति
२१ असार २०७३, मंगलवार १०:४५


perss bigyaptiझापा । प्रेस चौतारी झापाले ‘सचेत नागरिक समूह झापा’को भूमिगत गतिविधिमा नाम जोडिएका पत्रकार महासङ्घका जिम्मेवार सदस्यको विषयमा छानविन गर्न माग गरेको छ ।

चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलले सोमवार प्रेस विज्ञप्ति प्रकाशित महासङ्घका सचिव एकराज गिरी र सदस्य सुरेन्द्र भण्डारीका बारेमा छानविनको माग गरेका हुन् ।

चिकित्सकीय मर्यादा र भूमिकाको विषयलाई लिएर प्रश्न उठाउन सकिने प्रशस्त आधारहरू भए पनि सचेत नागरिक समूहका नाममा पत्रकारले आफूलाई भूमिगतरुपमा प्रस्तुत गर्ने गराउने गतिविधि निन्दनीय हर्कत भएको चौतारीको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका विषयमा पत्रकार महासङ्घ झापाले छलफलका लागि बैठक नबोलाएकोमा आश्चर्य जनाउँदै विज्ञप्तिमा महासङ्घको आधिकारिक धारणा सार्वजनिक हुनु पर्ने समेत माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: