‘भूमिगत गिरोह’सँग नाम जोडिएकोमा पूर्वाञ्चलको आपत्ति

  प्रकाशित मिति
२१ असार २०७३, मंगलवार १८:३४


purwanchal bigyapti
झापा । पूर्वाञ्चल दैनिकले ‘सचेत नागरिक समूह’सँग पत्रिकाका सम्पादक एकराज गिरी र सहसम्पादक भण्डारीको नाम जोडेर प्रचारबाजी भइरहेको भन्दै आपत्ति जनाएको छ ।

सो दैनिकको व्यवस्थापनले मङ्गलवार प्रेस विज्ञप्ति प्रकाशित गरी ‘सचेत नागरिक समूह’को भूमिगत गतिविधिसँग जोडेर लागिरहेको आरोप सम्बन्धमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

‘विभिन्न सञ्चारमाध्यममा केही समयदेखि यस पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी र सहसम्पादक सुरेन्द्र भण्डारीको नाम ‘सचेत नागरिक समूह’ नामक सङ्गठनसँग जोडेर भइरहेको नियोजित तथा भ्रामक प्रचार र वक्तव्यवाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ–‘यस दैनिकका सम्पादक गिरी र सहसम्पादक भण्डारीको संलग्नता बाहिर प्रचार गरिएको ‘भूमिगत गिरोह’सँग रहेको आधारप्रमाणसहित पुष्टि गर्न हामी खुला रुपमा चुनौती दिन चाहन्छौँ ।’

यसै सन्दर्भमा प्रेस चौतारी झापाले सोमवार विज्ञप्तिमार्फत ‘सचेत नागरिक समूह झापा’को भूमिगत गतिविधिमा नाम जोडिएको आरोप लागेका पत्रकार महासङ्घका जिम्मेवार सदस्यको विषयमा छानविन गर्न माग गरेको थियो ।

perss bigyaptiचौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलले जारी गरेको विज्ञप्तिमा महासङ्घका सचिव एकराज गिरी र सदस्य सुरेन्द्र भण्डारीका बारेमा छानविनको माग गरिएको छ ।

चौतारीको विज्ञप्तिमा व्यक्त धारणा बारेमा समेत पूर्वाञ्चल दैनिकले आपत्ति जनाएको छ ।

‘प्रेस चौतारी नेपालका नामबाट जारी विज्ञप्ति भ्रामक, मनगढन्ते र मर्यादित पत्रकारको चरित्र हत्या गरी केही स्वार्थी र पूर्वाग्रही पत्रकारको स्वार्थपूर्ति गर्न उद्धत भएको हाम्रो ठहर छ’–पूर्वाञ्चल दैनिकको विज्ञप्तिमा उल्लेख छ ।

चौतारीको विज्ञप्ति जारी भएको भोलिपल्टै पूर्वाञ्चल दैनिकले अर्को विज्ञप्ति जारी गरी आफ्नो प्रतिक्रिया बाहिर ल्याएको हो ।

चौतारीको विज्ञप्तिमा चिकित्सकीय मर्यादा र भूमिकाको विषयलाई लिएर प्रश्न उठाउन सकिने प्रशस्त आधारहरू भए पनि सचेत नागरिक समूहका नाममा पत्रकारले आफूलाई भूमिगतरुपमा प्रस्तुत गर्ने गराउने गतिविधि निन्दनीय हर्कत भएको चौतारीको उल्लेख थियो ।

चौतारीले घटनाका विषयमा पत्रकार महासङ्घ झापाले छलफलका लागि बैठक नबोलाएकोमा आश्चर्य जनाउँदै विज्ञप्तिमा महासङ्घको आधिकारिक धारणा सार्वजनिक हुनु पर्ने समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: