भूमि अधिकार तथा श्रमिक संगठन मेचीनगरको अध्यक्षमा सिग्देल

  प्रकाशित मिति
१२ भाद्र २०७९, आईतवार २१:२५


मेचीनगर, १२ भदौ । नेकपा एमाले निकट भूमि अधिकार तथा श्रमिक संगठन मेचीनगरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आइतबार धुलाबारीमा आयोजित संगठनको प्रथम अधिवेशनले मेचीनगर–१३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा ५१ सदस्यीय मेचीनगर कमिटी गठन भएको छ ।

जसको उपाध्यक्षद्वयमा बुद्विसागर घिमिरे र जयबहादुर दाहाल, सचिवमा इन्द्रप्रसाद प्रसाई, उपसचिव द्वयमा महेश राजबंशी, नरेश विक र कोषाध्यक्षमा तारादेवी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दलितबाट २ जना, आदिवासीबाट २ जना, जनजातीबाट २ जना, महिला सदस्यबाट ८ जना, प्रत्येक वडाबाट २ जनासहित कुल ५१ जनाको कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा भूमि अधिकार तथा श्रमिक संगठनका केन्द्रीय सचिव सुर्यप्रसाद कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कट्टेल, विशिष्ट अतिथी मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकी, संगठनका केन्द्रीय सदस्यहरु कपिलमणि पौडेल, टिकाराम वस्नेत, निशाकिरण राई, पार्टीका जिल्ला कमिटी सदस्य देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेल, नगर सचिव कञ्चन तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भूमि अधिकार तथा श्रमिक संगठनका जिल्ला अध्यक्ष गोलसिंह ताजपुरियाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णराज सिग्देलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: