भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ : मुख्य निर्वाचन अधिकृत

  प्रकाशित मिति
२९ कार्तिक २०७९, मंगलवार ०७:५९


मेचीनगर, २९ कात्तिक । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही हुने बताए ।

आयोगका अध्यक्ष निरौलाले यही कात्तिक २१ गते झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा–१ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका विश्वप्रकाश शर्माको पक्षमा भोट मागेका थिए ।

उनले मेचीनगरको वडा नं. १० र १५ का साथै बुद्धशान्तिमा सुकुम्बासीको भेला आयोजना गरेर सत्ता गठबन्धन र उम्मेद्वार शर्मालाई भोट मागेका थिए ।

सरकारको सार्वजनिक पद धारण गरेको व्यक्तिबाट त्यस्तो भेटिए उम्मेदवार समेतलाई कारवाही हुने मुख्य निर्वाचन अधिकृत ज्ञवालीको भनाई छ । उनले झापा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टंकबहादुर महतलाई छानविन गर्न निर्देशन दिएको बताएका छन् ।

सोमबार एमाले झापा क्षेत्र नम्बर १ पार्टीले पत्रकार सम्मेलन गरेर त्यसको विरोध समेत गरेको छ ।

पत्रकार सम्मेलनमा प्रदेश १ का पूर्व सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली, पार्टीका क्षेत्रिय संयोजक टिकाराम मंग्रागी लगायतले भूमि आयोगका अध्यक्ष निरौलाले निर्वाचन आचारसंहिता उल्लघंन गरेको दावी गरेका छन् ।

एमाले झापा क्षेत्र नम्बर १ ले आयोगका केन्द्रीय अध्यक्ष निरौला, उम्मेदवार शर्मा, शिक्षक चौलागाई लगायतलाई कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: