भृकुटीमा खुल्यो एनएमसीको शाखा

  प्रकाशित मिति
१ असार २०७८, मंगलवार १४:१९


मेचीनगर, १ असार । नेपाल बहउुद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले मेचीनगर–२ स्थित भृकृटीमा आफ्नो शाखा विस्तार गरेको छ ।

एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बाहुनडाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । विशेष अतिथिको रुपमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन मेचीनगर क्षेत्रीय कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

असार १ गतेबाट भृकृटी शाखाले आफ्नो कारोबार सुरु गरेको छ ।

यसैबीच, एनएमसीले काँकरभिट्टामा छिटै सहकारी पसल (एनएमसी कुपसप) सञ्चालन गर्ने बताइएको छ । भाडाको घरमा पसलका लागि आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: