भेनियर सङ्घमा पुनः एकराज

  प्रकाशित मिति
२५ भाद्र २०७४, आईतवार १५:१८


veniya

झापा । नेपाल भेनियर उत्पादक सङघको केन्द्रीय अध्यक्षमा पुनः एकराज कार्की चयन भएका छन् ।
शनिवार विर्तामोडमा भएको पाँचौ साधारणसभाले कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा दीपक पाण्डे, उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा पिताम्बर गौतम, महासचिवमा दिनेश शाक्य, सचिवमा अनिल ढकाल र कोषाध्यक्षमा सुरेश अग्रवाललाई चयन गरेको छ ।

त्यसैगरी, समितिको सदस्यहरुमा पुष्कर खनाल, दिपेश प्रधान, दिनेश पोखरेल, मनोजकुमार पाण्डे, सन्तु गौतम, अमित अग्रवाल, शिवजी दास, मोहन मुरारका, रतन अग्रवाल, विनोद बुढाथोकी, अमित बस्नेत र अनुप साह चयन भएका छन् ।

त्यसैगरी, समितिले पासाङ शेर्पाको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा नन्दकिशोर सरावगी, शुभाष मुरारका, टंकनाथ गौतम, विमल प्रधान, नेत्रकुमार तिम्सिना र गोपाल तुलस्यान रहेका छन् ।

नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वाञ्चल प्लाइउड एशोसिएसन अध्यक्ष दीपेन्द्र पोखरेल, राष्ट्रिय वन पैदावर सङ्घ इलामका अध्यक्ष सोनाम छिरिङ काजी, कोशी भेनियर उत्पादक सङ्घका अध्यक्ष पिताम्बर गौतम, नेपाल बन पैदावर व्यवसयी सङ्घ झापाका सदस्य पुष्पराज दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सङ्घका अध्यक्ष एकराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सुभाष मुरारकाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: