भोजपुरमा पनि फेला परे कोरोना संक्रमित

  प्रकाशित मिति
११ बैशाख २०७७, बिहीबार २१:२५


झापा । भोजपुरमा पनि कोराना भाइरसका एक संक्रमित फेला परेको पाइएको छ ।

भोजपुरमा स्थित हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको प्रदेश न.१ सरकारी स्रोतले बताएको छ ।

उनको थ्रोट स्वाबको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको बुझिएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका पनि श्रोतले जनाएको छ ।

विहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको जानकारी दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: