‘ भोट माग्न कोही आएनन् ′

  प्रकाशित मिति
२० जेष्ठ २०७४, शनिबार १८:२८


jhulan 1
झुलन रेग्मी

धुलाबारी । सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ । प्रत्येक घर तथा टोलमा राजनीतिक दलका झण्डाहरु फहराइएको छ । यसले पनि जनताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको प्रस्ट हुन्छ । तर, झापाको मेचीनगरमा एउटा यस्तो बस्ती छ, जुन बस्तीमा अहिलेसम्म चुनावी रौनकता छाएको छैन । यतिसम्म कि सो बस्तीका समुदायलाई स्थानीय तहको चुनाव कहिले हुन्छ भन्नेसम्म थाहा छैन ।

लोपोन्मुख समुदायको बसोवास रहेको मेचीनगर–९ स्थित किसान बस्तीमा चुनावी गतिविधि शून्य छ । झापामा मात्र बसोबास रहेको यो जातिमा कमै मात्रामा पढेलेखेका व्यक्ति छन् । त्यस्ता व्यक्ति यो समुदायमा औँलामा गन्न सकिने मात्र छन् । चुनावका बेला उम्मेद्वारहरुले भोट फकाउन महत्वकांक्षी योजना बाँड्ने गर्छन् । र, चुनाव जितेपछि फेरि मुख देखाउन नजाने गरेको बेला–बेला आरोप लाग्ने गर्छ । तर, दलहरुले आरोपलाई सिधै खण्डन गर्दै किसान समुदायका निमित्त सहयोग गर्न पहल गरेको बताउँछन् ।

निर्वाचनमा ‘भोट बैङ्क’ मानिएको यो समुदायको बस्तीमा कुनै पनि राजनीतिक दलका उम्मेद्वारहरु भोट माग्न गएका छैनन् । प्राय यो समुदायमा सोझासिधा व्यक्तिहरु छन् । उनीहरुको सोझोपनलाई राजनीतिक दलहरुले फाइदा उठाउँदै आएका छन् । अहिलेसम्म चुनावमा भोट माग्न कुनै पनि दलका उम्मेद्वार नआएको किसान समुदायका अगुवा राजकुमार किसानले बताए ।

subratउनले चुनाव हुन्छ भन्नेसम्म थाहा पाएका रहेछन् । राजकुमारले भने– ‘हामीले यसअघि भएका चुनावमा भाग लियौँ, तर हाम्रा समस्या कसैले सुनिदिएनन् ।’ राजकुमारले स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने बताए । तर, व्यक्ति हेरेर भोट दिने उनको भनाई छ । ‘जसले हामीलाई राम्रो गर्छ, उसैलाई भोट दिन्छौँ,’ राजकुमारले भने ।

कुनैबेला किसानहरु जमिनदार भएको बताउँछन् । विस्तारै पहाडिया समुदायले आफूहरुले जोतभोग गरेको जग्गा हडपेको उनीहरुले आरोप लगाउने गरेका छन् । जग्गा हडप्ने उम्मेद्वारलाई भोट दिन नसकिने राजकुमारले बताए । उनले समुदायको पक्षमा काम गर्ने उम्मेद्वारलाई मात्र भोट दिने बताए ।

झापामा मात्र बसोबास रहेको किसान समुदायको जनसङ्ख्या एक हजार पाँचसयको हाराहारीमा छ । मेचीनगर, शान्तिनगर, बाहुनडाँगी, धाइजन र बुट्टाबारीमा किसान समुदायको बस्ती छ । अधिकांश ती बस्तीहरुमा खानेपानी, बिजुलीको समस्या छ । भोट माग्न जाने उम्मेद्वारसँग उनीहरुले यिनै समस्याहरु राख्ने गरेका छन् । चुनावका मुखमा दलहरुले आश्वासन मात्र दिने गरेकाले उनीहरु फेरि पनि धोका पाउने हो कि भन्ने विषयमा सशङ्कित भएका छन् ।

‘हामीलाई बिजुलीपानी दिन्छौँ भनेका थिए’, विगतको चुनाव सम्झिदै मेचीनगर–९ की पार्वती किसानले भनिन्– ‘तपाईहरुको दुःख हेर्छौँ भने तर खोई त ?’ किसान समुदायका अगुवा जोगी किसानले सुकुम्बासीका समस्या जसले उठाउँछ उसैलाई भोट दिने बताए । ‘हामी नेताहरु हेर्दैनौँ, उनले भने–‘विकास हेर्छौँ ।’ उनले आफ्नो समुदायको पीडा कसैले पनि नसुन्ने गरेको गुनासो गरे । जोगीले आफूहरुसँग भोट मागे पनि ल ल भनेर आश्वासन दिने बताए ।

?????????????????????????????????????????????????????????
?????????????????????????????????????????????????????????

यसअघिका चुनावमा राजनीतिक दलहरुले किसान बस्तीमा बाक्लै कार्यव्रmमहरु गर्थे । भोजभतेर खुवाएर आफ्नो पक्षमा भोट खसाल्न लगाउँथे । तर, अहिले चुनाव आकर्षित गतिविधि भएका छैनन् । त्यही भएर होला किसान बस्ती सुनसान छ । ‘मजदुरी नगरी खान पुग्दैन’, जोगीले विवशता पोख्दै भने–‘हाम्रो भाँडामा कसैले चामल हाल्दिदैन, काम छाड्नु भएन ।’

स्थानीय तहको निर्वाचनले अधिकार सम्पन्न बनाउने सुनेका उनीहरुले भोट हाल्न मतदान केन्द्र चाहिँ जाने बताए । समुदायका अगुवाहरु आफ्नो मताधिकार प्रयोग गर्नका लागि छलफल गरेर अघि बढ्ने योजना समेत बनाउने तयारी छन् ।

मतदाता शिक्षा पनि छैन :
किसान बस्तीमा राजनीतिक दलहरु मात्र होइन, मतदाता शिक्षा कार्यक्रम पनि अहिलेसम्म पुग्न सकेको छैन । भोट कसरी दिने भन्ने अन्योलमा छन् उनीहरु । ‘भोट हाल्न सिकाउने मान्छेहरु आउँदैछन् भन्ने सुनेको हो तर, खोई अहिलेसम्म आएका छैनन्,’ पार्वतीले भनिन् । उनले मतदाता शिक्षा कार्यक्रम कस्तो हुन्छ भन्नेसम्म आफूहरुलाई थाहा नभएको बताइन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: