भोलिको विदा आजै दिइएकोमा आपत्ति

  प्रकाशित मिति
२९ फाल्गुन २०७३, आईतवार १८:२४


झापा । सरकारले होली पर्व (डोल पावनी)को अवसरमा आइतवार झापामा दिएको सार्वजनिक विदाप्रति राजवंशी समाज विकास समिति झापाले आपत्ति जनाएको छ ।

झापामा बसोबास गर्ने आदिवासी समुदायले सोमवार होली पर्व मनाउने गरेको जनाउँदै सरकारले हचुवाको भरमा आइतवार सार्वजनिक विदा दिएको समितिले भनेको छ।

समितिले आइतबार विज्ञप्तिमार्फत पहाडी जिल्लालगायत झापामा आइतबार विदा दिएकोमा त्यसप्रति ध्यानाकर्षण गराउँदै मन्त्रिपरिषदले गरेको निर्णय तत्काल सच्चाउन माग गरेको छ ।

तत्कालिन प्रधानमन्त्री के।पी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले झापासहित उपत्यका र पहाडी जिल्लामा फागुन २९ गते फागु पर्वको विदा दिने निर्णय गरेको थियो । सोमबार तराईका जिल्लामा सार्वजनिक विदा दिइएको छ ।

झापामा दिइएको सार्वजनिक विदाको निर्णय सरकारले नसच्चाए कडा आन्दोलन गर्ने समितिका अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

स्मरण रहोस् अघिल्लो सरकारले दिएको विदा गलत भएको भए प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले त्यसलाई सच्याउन सक्छ । तर दाहाल सरकारले पनि विदा सच्याएको पाइएन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: