आजदेखि कोरोनाको उपचार मेची अस्पतालको नयाँ भवनमा

  प्रकाशित मिति
१३ भाद्र २०७७, शनिबार १७:४४


मेची अस्पतालको नयाँ भवन ।

झापा, १३ भदौ । आजदेखि मेची अस्पतालको नयाँ भवनमा कोभिड १९ का संक्रमितहरुको अलग्गै उपचार हुने भएको छ ।

यस अघि अन्य विरामी र कोभिडका संक्रमितको एउटै (पुरानो) भवनमा उपचार भइरहेको थियो ।

कोभिडको संक्रमित राख्ने र ओहोरदोहोर गराउने ठाउँ एउटै भएको भनेर व्यापक गुनासो आइरहेका बेला अस्पतालले कोभिड विरामीको उपचार अलग (नयाँ) भवनबाट गराउने निधो गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले आइतवारदेखि नयाँ भवनमा कोरोना संक्रमितलाई राखेर उपचार गरिने जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा विरामीलाई राख्ने सबै तयारी पूरा भइसकेको छ । नेपाली सेनाले उपचार केन्द्रको सुरक्षाको जिम्मेवारी लिएको उनले बताए ।

एउटै भवनमा कोभिड र अन्य विरामी राख्दा सर्वसाधारण विरामी अस्पताल आउन डराएको भन्दै विभिन्न पक्षले कोभिडको उपचार अन्यत्र सार्न दवाव दिदै आएको थियो ।

नयाँ भवन हालको पुरानो भवनबाट सय मिटरको दूरीभित्रै छ । त्यहाँ कोभिडको उपचारका लागि ८० शैया तयार गरिएको छ ।

यता पुरानो भवनमा १२ शैयाको आइसोलेसन भने नहटाइने भएको छ । शंकास्पद विरामीलाई त्यो आइसोलेसनमा राखिने छ ।

संक्रमितको उपचारका लागि अस्पतालका डा.गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ ।

गत साउन १९ गतेदेखि अस्पतालको पुरानो भवनको आइसोलेसन वार्डमा कोभिडका संक्रमितलाई राखेर उपचार थालिएको थियो ।

कोभिड अस्पताल भवनबाट देखिएको मेची अञ्चल अस्पतालको मूल भवन ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: