भोलि टाउनहलमा नेकपाको क्षेत्रीय भेला

  प्रकाशित मिति
४ फाल्गुन २०७७, मंगलवार १९:२४


मेचीनगर, ४ फागुन । नेकपाले धुलावारीको पासाङ ल्हामू स्मृति जेसिज भवन (टाउनहल)मा बुधवार क्षेत्रीय कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।

नेकपाको ओली समूहले आयोजना गर्ने सो भेलालाई पार्टीका प्रदेश नं. १ का अध्यक्ष देबराज घिमिरेले सम्बोधन गर्ने बताइएको छ ।

नेकपामा विभाजन भएपछि ओली समूहले क्षेत्र नं. १ मा गर्न लागेको यो पहिलो भेला हो । यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले सोही स्थानमा भेला गरिसकेको छ ।

नेकपाका दुबै समूह अहिले संगठन बलियो बनाउन सुदृढीकरणमा जुटेका छन् । ओली समूहले मेचीनगरका १५ वटै वडामा हालै वडा भेला र संगठन पुनर्संरचना गरिसकेको छ ।

प्रचण्ड–नेपाल समूहले भने वडातहसम्मै आन्दोलन समिति गठन गरेर संगठनको पुनर्संरचना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: