भोलि ‘दुध दिवस’

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ००:५८


milk dayमेचीनगर । नेपालमा पहिलोपल्ट वृहत जनसहभागिताविच अन्तर्राष्ट्रिय दुध दिवस मनाइने भएको छ ।

झापाका दुध उत्पादन तथा व्यवसायसँग आवद्ध अगुवाहरूको पहलमा झापामै दिवस मनाउन लागिएको हो ।
सन् २००१ देखि संसारभर जुन १ तारिखका दिन दुध विस मनाउने गरिएको छ । यसपटक जेठ १९ गते बुधवार दिवस पर्छ ।
झापाको अग्रसेन भवनमा विशेष समारोहविच पशुपंक्षी विकास मन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा दुध दिवसको कार्यक्रम गरिने आयोजक समितिका संयोजक रामचन्द्र उप्रेतीले जनाए ।

झापाका दुध व्यवसायी, सरकारी निकाय र दुध उत्पादनसँग आवद्ध किसानहरूको भेलाले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय दिवस आयोजक समिति गठन गरेको छ ।

विगतमा नेपालमा मन्त्रालय र विभागले कोठे स्तरमा मात्र दुध दिवस मनाउँदै आएको थियो । ‘यसपटक हामीले सरकारी उच्च निकायसँग समन्वय गरेरै झापामा वृहत कार्यक्रमका साथ दिवस मनाउने तयारी गरिरहेका छौँ’–एनएमसी डेरीमा समेत आवद्ध संयोजक उप्रेती बताउँछन् ।

‘नियमित दुध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने राष्ट्रिय नाराका साथ यसपटकको दुध दिवस मनाउन लागिएको छ । विर्तामोडमा हुने कार्यक्रममा संयोजक उप्रेती लगायतले प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: