राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

  प्रकाशित मिति
२१ श्रावण २०७७, बुधबार २२:०४


मेचीनगर, २१ साउन । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको हो ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: