भ्रष्टाचारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन

  प्रकाशित मिति
१० फाल्गुन २०७६, शनिबार १९:२९


बिर्तामोड । नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचार र अनियमितताको टोल र वडा तहदेखि नै जनताकाबीचमा भण्डाफोर गर्न कार्यकतालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस बिर्तामोड १ नम्बार वडासमितद्वारा शनिबार ड्रिमल्याण्डपार्कमा आयोजित कार्यकर्ता भेला तथा बनभोज कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शिवाकोटीले कम्युनिस्टले गरेका भ्रष्टाचार, बेथिति र पक्षपातबाट आजित भएका जनता काँग्रेसलाई पर्खेर बसेको बताए ।

पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले जनताका साह्रो, गाह्रो, अप्ठ्यारोमा सहयोग गर्दै कम्युनिष्टहरुले बाँडेका झुठा आश्वासन र भ्रमको जालो तोडेर जनतालाई लोकतन्त्रको मर्म बुझाउँदै साँचो कुरा बताउन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले कार्यकर्ताबीचको आपसी मिलाप र सद्भावले पार्टी बलियो हुने बताउँदै आफैंमा घात अन्तरघात नगर्ने हो भने काँग्रेसलाई कसैले हराउन नसक्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका जिल्ला सदस्य तथा बिर्तामोड नगरका मेयरका प्रत्यासी जलकुमार गुरुङ, नेपाल ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल महिला संघ झापाका अध्यक्ष सुशीला ढकाल, बिर्तामोड नगरपालिका ४ नं. वडा अध्यक्ष कुलप्रसाद सङ्ग्रौलालगायतले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेका १ नं. वडा सभापति नगेन्द्र बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक बलराम कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम प्रेम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: