मंगलासहना सेन्टरको अध्यक्षमा राधा

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार १२:३२


मेचीनगर । मंगला–सहना संकल्प टेनिङ्ग सेन्टर मेचीनगरको विहीबार भएको आम भेलाले तदर्थ समिति गठन गरेको छ ।

भेलाले समितिको अध्यक्षमा राधा कार्कीलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला सुवेदी, सचिवमा पुष्पा भण्डारी, सहसचिवमा जानुका ओली, कोषाध्यक्षमा डम्बरकुमारी थापा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा लक्ष्मी तामाङ, हीरा खनाल, निर्मला काफ्ले, शशी थापा मगर, सीता कार्की र शान्ति चौधरी रहेका छन् ।

सांसद उषा गुरुङ संरक्षक रहेको सेन्टरको सल्लाहकार संयोजकमा मीना उप्रेती रहेकी छिन् भने सदस्यहरुमा सुभद्रा भट्टराई, लक्ष्मी उप्रेती, मैया उप्रेती, दुर्गा खतिवडा र झुनादेवी बानियाँ रहेका छन् ।

भेलाले विहीबारै डिल्ली घिमिरेको संयोजकत्वमा विधान मस्यौदा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा हस्त आङदम्बे, रचना घिमिरे, रेणुका डाँगी, दीपक पोखरेल र दुर्गा सापकोटालाई चयन गरेको छ ।

महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले सांसद गुरुङले झापामा पहिलोपटक यो सेन्टरको स्थापना गरेकी हुन् । उनले सांसद विकास कोषको ५ लाख रुपैयाँ समेत सेन्टरको भवन निर्माणका लागि वियोजन गरेको सचिव पुष्पा भण्डारीले जानकारी दिइन् ।

ज्येष्ठ नागरिक झुनादेवी बानियाँको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मीना उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: