मखमलि सहकारीकी अध्यक्षलाई पृतिशोक

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार ०७:२७


मेचीनगर । मखमलि महिला बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टाकी अध्यक्ष राधा प्रधान कार्कीलाई पृति शोक परेको छ ।

उनका ८२ वर्षीय बुबा दिलकुमार प्रधानको गएराति निधन भएको छ ।

उनका बुबा दिलकुमारलाई मङ्गलबार राति ८ वजे प्रेसर लो भएर बिर्तामोड स्थित विएण्डसी अस्पताल लगिएको थियो ।

अस्पतालमा राति ९ वजेर ३० मिनेटमा उनको निधन भएको परिवारले जनाएको छ ।

उनी पहिलादेखि नै लो प्रेसर, मधुमेह र मिग्रौला रोगले पीडित थिए ।

दिलकुमार काँकरभिट्टाको सबै भन्दा पुरानो कञ्चन होटलका सञ्चालक हुन् ।

उनका श्रीमति रुकमणि, तीन छोरा÷वुहारीहरु ः नविन–लक्ष्मी, प्रविण–रुविना, रविन प्रधान तथा एक छोरी÷ज्वाई राधा प्रधान–दिपक कार्की छन् ।

जेठा छोरा नविन काँकरभिट्टाको दरबार होटलका सञ्चालक, क्षेत्रिय होटल व्यवसायी संघका पूर्व उपाध्यक्ष समेत हुन् ।

माइला छोरा प्रविण श्रमितिसहित दुवईमा बस्छन् । कोभिड–१९ महामारीका कारण लकडाउनले बुबाको निधनमा घर आउन पाएनन् ।

कान्छा छोरा रविन फिउँजन क्याफे सञ्चालक हुन् । छोरी राधा प्रधान स्थानीय समाजसेवी तथा मखमलि महिला बचत तथा ऋण सहकारी मेचीनगरकी अध्यक्ष हुन् ।

स्वर्गीय दिलकुमारको बुधबार स्थानीय मेची नदिमा अन्त्यष्टि गरिएको परिवारले जनाएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: