मखमलीले सुरु गर्यो उद्घोषण तालिम

  प्रकाशित मिति
३ जेष्ठ २०७५, बिहीबार १६:०४


 

धुलाबारी । मखमली महिला विकास संस्थाले महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विहीबारदेखि पाँच दिने उद्घोषण तथा बैठक पुस्तिका लेखन सम्बन्धी तालिम सुरु गरेको छ ।

मेचीनगर वडा नम्बर ९ को आर्थिक सहयोगमा सञ्चालित तालिममा दुई दर्जन बढी महिलाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन नम्बर वडाको वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोपाल खड्काले गरेका थिए ।

कार्यक्रममा सञ्जवीनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, थोप्लेविरान महिला बचत समूहकी अध्यक्ष मञ्जु कट्टेल, आदिवासी जनजाति महिला महासंघकी जिल्ला अध्यक्ष गंगा मास्के, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाकी अध्यक्ष कुसुम कोइराला, धुलाबारी महिला बचत समूहकी अध्यक्ष शोभा खवास, महिला नेतृहरु सुनिता शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दीपमाला लिम्बू र स्वागत मन्तव्य अम्बिका भण्डारीले व्यक्त गरेकी थिइन् ।

घरको चौघेरामा रहेर बसेका महिलाहरुलाई समाजमा बोल्न सिकाउने र आफ्नो अधिकार खोज्न सक्ने बनाउनेका लागि नगरका विभिन्न वडासँग समन्वय गरेर तालिम तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने संस्थाको आगामी लक्ष्य रहेको अध्यक्ष गुरुङले बताइन् ।

उद्घोषण तालिमको सहजीकरण मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले गरिरहेकी छिन् भने बैठक पुस्तिका लेखन तालिम सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले प्रदान गर्ने अध्यक्ष गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: