मखमली महिला सहकारीको साधारण सभा

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार १९:३४


मेचीनगर, २७ मंसिर । काँकरभिट्टा स्थित मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिव लिलाप्रसाद भण्डारीले गरेका थिए ।

उनले वर्तमान विषम परिस्थितिमा पनि संस्थाको आर्थिक पक्षलाई धरासायी हुन नदिन कर्मचारीको भूमिका महत्वपूर्ण रहेको दावी गरे ।

स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिएर संस्थाले फिजियोथेरापी सेवा सञ्चालन गर्नु मेचीनगरकै लागि गौरवको विषय भएको चर्चा गर्दै प्रमुख अतिथि भण्डारीले सामाजिक उत्तरदायित्व बहन गर्न कुनै कसर बाँकी नराखेको बताए ।

संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीले सहकारीले स्वास्थ्य सेवालाई ध्यानमा राखेर कार्यालय भवनमै फिजियोथेरापी सेवा सञ्चालन गर्न १० लाख रुपैयाँ लगानी गरेको बताइन् ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले यो सेवालाई नियमित रुपमा सञ्चालन गर्न मेचीनगर नगरपालिकाले यसवर्ष १ लाख र मेचीनगर–६ नम्बर वडा कार्यालयले ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् ।

कार्यक्रमका विशिष्ट अतिथि ६ नम्बर वडा कार्यालयका सदस्य राजकुमार श्रेष्ठ, समाजसेवी विना तामाङ, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका सचिव कमल थापा, मेचीनगर ब्यूटी पार्लर संस्थाकी अध्यक्ष चन्दा राई लगायतले शुभकामना राखेका थिए ।

संस्थाले उत्कृष्ट बचत कर्तातर्फ मल्लिका शर्मा खरेल, उत्कृष्ट कर्मचारीतर्फ बिना लिम्बू र ज्येष्ठ नागरिकतर्फ बालकुमारी नेम्बाङलाई नगद राशीसहित पुरस्कृत गरेको छ ।

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुईंटेल लगायतको आतिथ्यता रहेको सभाको स्वागत उपाध्यक्ष भुवन सुब्बा र सञ्चालन सदस्य सीता गुरुङले गरेकी थिइन् ।

बन्द सत्रमा संस्थाको वार्षिक प्रतिवेदनसहित अन्य एजेण्डामाथि छलफल भई सर्वसम्मत पारित भएको लेखा समिति सदस्य मणिकुमार लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: