मनषा थाइफुड्सले पायो बीमा वापतको पेश्की रकम

  प्रकाशित मिति
१२ असार २०७९, आईतवार १७:१५


झापा, १२ असार । पाँच महिनाअघि आगलागी भएर ध्वस्त भएको चाउचाउ उत्पादक कम्पनी मनषा थाइफुड्सलाई जनरल इन्स्योरेन्स कम्पनीले बीमा रकम हस्तान्तरण गरेको छ ।
कम्पनीका बिर्तामोड मेनेजर द्रोणराज भट्टराई (राजेश) ले पाँच करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

उद्योगका सञ्चालक ओमप्रकाश अग्रवाललाई बीमा बापत पहिलो पटकको रकम हस्तान्तरण गरिएको जनरल इन्स्योरेन्स बिर्तामोडले जनाएको छ ।

अहिले हस्तान्तरण गरिएको रकम क्षतिपूर्तिको पेश्की बापतको भएको प्रमुख भट्टराईले बताए । मेचीनगर नगरपालिका–१४ स्थित दुवागढीमा रहेको मनषा चाउचाउ उद्योगमा गत माघ २९ गते आगलागी हुँदा उद्योग पूर्णरूपमा जलेर नष्ट भएको थियो ।

आगलागीबाट ४३ करोड २५ लाखको क्षति भएको दाबी गरिएको छ । मनषा थाइफुड्स पूर्वकै ठूलो र झापाको एकमात्र चाउचाउ उद्योग हो ।

मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका चाउचाउ उत्पादन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: