कालीझोडा, ४ माघ । नेपाल मगर संघ मेचीनगर–१२ नम्बर कमिटीले माघे सकराटीको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
माघे संक्रान्तीको अवसरमा वडा नम्बर १२ ले कालीझोडामा आयोजना गरेको साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथी नेपाल मगर संघका केन्द्रीय सदस्य सुन्दर थापा मगर थिए ।
कार्यक्रममा विशिष्ट अतिथी नेपाल मगर संघका मेचीनगर अध्यक्ष विकास थापा मगर, उपाध्यक्ष ज्ञानबहादुर मगर, सदस्य कुमार राना मगर, मेचीनगर–१२ का वडा सदस्यहरु लिला सुब्बा, दिपक लामा, सुनवार संघ मेचीनगरका अध्यक्ष पदम सुनवार, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य केदार शर्मा, समाजसेवी सुवेश भारती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कलाकारहरुले कौडा, मारुनी नाच लगायत विभिन्न गीत, नित्य प्रस्तुत गरेका थिए ।
संघका वडा अध्यक्ष मित्रबहादुर मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मगर नेपाल परिवार झापाका सल्लाहकार विष्णु राना मगरले र सञ्चालन वडा सदस्य तीला थापा मगरले गरेकी थिइन् ।