मङ्गोलले थाल्यो चुनावी प्रचार

  प्रकाशित मिति
८ जेष्ठ २०७४, सोमबार १३:४६


mangol picमेचीनगर । मङ्गोल नेसनल अर्गनाइजेसनले मेचीनगरमा चुनावी प्रचार सुरु गरेको छ ।
मूलवासीहरुको हक र अधिकारका लागि राजनीतिक आन्दोलन गर्दै आएको यो पार्टीले आइतवार मेचीनगरमा र्याली गरी चुनाव लक्षित प्रचार थालेको हो ।

इटाभट्टा चोकबाट सुरु भएको मोटर साइकल र्याली काँकरभिट्टा र बौद्धमोडमा कोणसभामा परिणत भएको थियो । र्यालीले सालघारी, नकलबन्दा, आमडाँगी, बाहुनडाँगी, तिरिङ, गाडागल्ली र भृकुटी परिक्रमा गरेको थियो ।

पार्टीको जिल्ला सभाको आयोजनामा भएको कोणसभामा केन्द्रीय सदस्य शक्ति चाम्लिङ, सानुबाबु मेचे, श्याम लिम्बु, देवनारायण धिमाल लगायतले सम्बोधन गर्दै मङ्गोल नेसनलका उम्मेद्वारहरुलाई अत्याधिक मत प्रदान गरी विजयी बनाउन आह्वान गरेका थिए ।

मेचीनगरमा पार्टीका तर्फबाट जिल्ला अध्यक्ष रुद्र थुलुङ नै मेयरको उम्मेद्वार बनेका छन् भने दत्ता लिम्बु उपमेयरको उम्मेद्वार बनेकी छन् ।
नगरका १ देखि ९ नं. सम्मका वडाहरुमा पार्टीले उम्मेद्वार उठाउने र जिल्लाको विर्तामोड, दमक, अर्जुनधारा, भद्रपुर, बुद्धशान्ति लगायतका क्षेत्रमा समेत उम्मेद्वरा बनाइने केन्द्रीय सदस्य दिलीप धिमालले बताएका छन् ।

निर्वाचन आयोगले पार्टीले रोजेको चुनाव चिन्ह कुखुराको भाले नदिए पछि स्वतन्त्र रुपमा चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने धिमालले बताए ।

kangress budhbareबुद्धशान्तिमा काङ्ग्रेस जुर्मुराउँदै

नेपाली काङ्ग्रेसले बुद्धशान्ति गाउँपालिकामा सोमवार चुनावी र्याली सम्पन्न गरेको छ । गाउँपालिका प्रमुखका सम्भावित सबै उम्मेद्वारहरु सम्मिलित र्याली बुधवारेबाट सुरु भई सुनमाई परिक्रमा गरी फर्किएको थियो ।

गाउँपालिका प्रमुख पदमा ८ जनाको नाम गाउँपालिकाबाट सिफारिस भएको भए तापनि रमेश भुजेल, लय भण्डारी र चक्र शेर्मामध्ये एकजना छानिने सम्भावना रहेको स्थानीय काङ्ग्रेसका एक नेताले बताएका छन् ।

‘नाम सिफारिस भएका सबैले टिकट पाउने हुँदैन, त्यसमध्ये पनि भुजेल र भण्डारीविच कडा टक्कर हुन सक्छ’–ती नेता बताउँछन् ।
(लोतकन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: