मजदुरको घरैमा पुगेर खाध्यान्न वितरण

  प्रकाशित मिति
१४ चैत्र २०७६, शुक्रबार १७:२०


मेचीनगर । एकता युवा क्लब मेचीनगरले विपन्न परिवारका मजदुरहरुलाई शुक्रबार खाद्य सामाग्री वितरण गरेको छ ।

क्लबले मेचीनगर–८ स्थित चिया बगानका २२ घर परिवारका मजदुरहरुलाई खाद्य सामाग्री वितरण गरेको हो ।

लकडाउनको चौथो दिन दैनिकरुपमा मजदुरी गरेर गुजारा गर्ने परिवारलाई विहान–बेलुकाको छाक र्टान मुस्किल परेकाले उक्त खाध्यान्न सामाग्री वितरण गरिएको एकता युवा क्लबका अध्यक्ष दिपेश पाठकले बताए ।

प्रत्यक परिवारलाई १० केजी चामल, एक पोका खानेतेल र एक प्याकेट नुन वितरण गरिएको उनले जानकारी दिए ।

खाध्यान्न सामाग्री वितरणमा राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नं १ का नेता रघुनाथ धिमालको सहजिकरण रहेको थियो ।

क्लबका कोषाध्यक्ष सन्तोष धमला तथा सदस्यहरु आशिष पौडेल, बिनोद रिमाल, बिरु मेचे लगायतले संकलन गरेको खाध्यान्न सामाग्री चिया बगानका मजदुरहरुलाई वितरण गरिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

लकडाउन अझै लम्बिने संकेत सरकारले देखाएपछि मेचीनगरका युवाहरु अति विपन्न मजदुरका घर–घरमा पुगेर उनिहरुको परिवारलाई राहत वितरणमा जुट्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: