मजदुर संगठनको स्थापना दिवसमा रक्तदान

  प्रकाशित मिति
१० असार २०७९, शुक्रबार १०:३९


काँकरभिट्टा, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख–उपप्रमुखले नगरभित्र असंगठितरुपमा रहेका विभिन्न क्षेत्रका मजदुरहरुको अभिलेख राखेर उनीहरुको हक, हित र अधिकरका लागि स्थानीय सरकार लागिपर्ने बताएका छन् ।
विहीबार नेकपा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औँ स्थापना दिवसको अवसर पारेर काँकरभिट्टा स्थित लक्ष्मीनारायण मन्दिर पसिरमा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन गदैं नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो कुरा बताउका हुन् ।

उनीहरुले मजदुरहरुको समस्या समाधानका लागि स्थानीय सरकारले कसरी सम्बोधन गर्न सक्छ र उनीहरुका दैनिक आधारभूत आवश्यकता पुरा गर्न सकिन्छ भन्नेमा सधै गम्भीररुपमा लाग्ने बताए ।

नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर र बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए । प्राविधिकहरु विज्रेस सुवेदी, सविता लिम्बु, आष्मा लिम्बु लगायतले रगत संकलन गरेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर–६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङल गायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

संगठनका केन्द्रिय सदस्य खडानन्द भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत उपाध्यक्ष मानबहादुर तामाङले र सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: