मजदुर संगठनको स्थापना दिवसमा दीप प्रज्वलन

  प्रकाशित मिति
९ असार २०७७, मंगलवार २१:५३


मेचीनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकोे ४१औँ स्थापना दिवसको अवसरमा काँकरभिट्टामा दीप प्रज्वलन गरिएको छ ।

संगठनको मेचीनगर कमिटीकोे आयेजनामा मङ्गलबार यातायात क्षेत्रमा कार्यरत संगठनमा आवद्घ मजदुरहरुले काँकरभिट्टा स्थित बसपार्कमा दीप प्रज्वलन गरेका हुन् ।

कार्यक्रममा सहभागीहरुले संगठन स्थापना गर्नुहुने संस्थापक अध्यक्षः कमल बुढाथोकी, उपाध्यक्षः गेल्बु लामा, सचिवः लेखनाथ पराजुली, सहसचिवः ओमप्रकाश शर्मा, कोषाध्यक्षः चन्द्रवहादुर श्रेष्ठ, तथन सदस्यहरुः छविलाल लम्साल, रमेश बिष्ट, युगेश्वर साह, दुर्गा मानन्धर, गंगाराम शर्मा ढकाल, मदनकिशोर शर्मा, दिनेश खड्का, सिंहवहादुर भुजेल, दुर्गा आचार्य, विरेन्द्र प्रधानांङ्ग, नत्थुनी चौधरी लगायतका अग्रजहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

संगठनका १ नम्बर प्रदेश कमिटी सदस्य एवम् प्रदेश कमिटी इञ्चार्ज किरण तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीका अध्यक्ष खडानन्द भण्डारी, उपाध्यक्ष मोेहन रिजाल, सचिव दुर्गा खडका लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: