मजदुर संघद्वारा अलपत्र परेकालाई निःशुल्क खाना (फोटो फिचर)

  प्रकाशित मिति
२७ जेष्ठ २०७७, मंगलवार २२:५४


मेचीनगर । अन्तराष्ट्रिय मजदुर संघ (आईटिएफ) को छाता संस्था नेपाल यातायात मजदुर संघ इकाई समिति मेचीनगरले भारत जान काँकरभिट्टामा अलपत्र परेका मजदुरहरुलाई निःशुल्क खाना खुवाएको छ ।

नेपालका विभिन्न जिल्लामा मजदुरी गरेर भारत फर्किएका ६०० भारतीय नागरिकहरुलाई मङ्गलबार काँकरभिट्टामा उक्त संघले खाना खुवाएको हो ।

खाना वितरण कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नेपाल ट्रेड युनियन महासंघ विदेश विभागका सहसंयोजक बसन्त तिवारी (बुद्व), संघका केन्द्रिय सचिव प्रलाद श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघ झापाका सहसचिव गोपालप्रसाद शिवाकोटी, संघका मेचीनगर अध्यक्ष विशाल तामाङ, संघका मेचीनगर सल्लाहकार दुर्गा सापकोटा, चन्द्राशाहि विमली, विक्की मजुमदार लगायतको सहभागिता रहेको थियो ।

सहसंयोजक तिवारीले झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न ईटा उद्योगमा काम गर्ने करिव ३० हजार भारतीय मजदुरको लकडाउनले विजोग भएको अवस्था रहेको बताए ।

उनीहरुमध्ये करिव १५ हजार भारतीय मजदुर काँकरभिट्टा नाकाबाट भारत छिरिसकेको अवस्था रहेको उनले बताए ।

बाँकी विचल्लीमा परेका भारतीय मजदुरको सहयोगका लागि संघ अग्रसर रहेको उनको भनाई छ ।

भारतको मुम्बई र बेङ्लोरमा मजदुरी गर्ने करिव २० हजार नेपाली नागरिकको पनि उता विजोग रहेको तिवारीको दावी छ ।

उनीहरुको पनि आईटिएफ दिल्लीले नेपाल पठाउने र अन्य सहयोग समेत जारी राखेको उनले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: