मञ्चको कोषाध्यक्षमा सविता

  प्रकाशित मिति
२८ पुष २०७२, मंगलवार ०३:२५


bhandari bhetuwal
मेचीनगर । नेकपा एमाले झापा काठमाडौँ सम्पर्क मञ्चको कोषाध्यक्षमा मेचीनगरकी सविता भण्डारी भेटवाल चयन भएकी छन् ।

शुव्रmवार काठमाडौँको कोटेश्वरमा भएको मञ्चको दशौैँ अधिवेसनले उनलाई कार्य समितिको कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

झापाबाट काठमाडौँमा विभिन्न काम विशेषले बसोवास गर्दै आएका नेकपा एमाले समर्थकहरू मञ्चमा सङ्गठित हुँदै आएका छन् ।

मञ्चको नवगठित २७ सदस्यीय कार्य समितिको अध्यक्षमा तुलसीराम मैनाली, उपाध्यक्षमा सुरज काफ्ले, सचिवमा तुलसी कार्की र सहसचिवमा ललित सुब्बा रहेका छन् ।

कोषाध्यक्षमा निर्वाचित सविता भण्डारी भेटवाल यस अघि मञ्चको क्षेत्र नं. १ को अध्यक्ष रहेकी थिइन् ।
कानून मन्त्री अग्नी खरेलको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा सांसद् रविन कोइराला, भाष्कर काफ्ले र देवराज घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: