मञ्चको महाधिवेशन असारमै

  प्रकाशित मिति
७ असार २०७३, मंगलवार ११:०९


kumar lingdenदमक । दुई खेमामा विभाजित सङ्घीय लिम्बुवान पार्टी नेपालको कुमार लिङ्देन समूहले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दोस्रो महाधिवेशनको घोषणा गरेको छ ।

पहिचानबादीहरूको राष्ट्रिय शक्तिको रुपमा मञ्चलाई अघि बढाउन आवश्यक रहेको जनाउँदै मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले आगामी असार १७ देखि १९ गतेसम्म दमकमा मञ्चको महाधिवेशन गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आइतवार प्रेस विज्ञप्ति जारी गरी दुई वर्ष अघि भेडेटारमा भएको लिम्बुवान एकतामा मञ्चलाई पहिचानबादीको राष्ट्रिय शक्तिको रुपमा अघि बढाउने सहमति भएको जिकीर गरेका छन् ।

असार मसान्तभित्रमा महाधिवेशन नगरे मञ्च खारेज हुने भनी निर्वाचन आयोगबाट पत्र आएको उल्लेख गर्दै उनले आफुलाई सङ्घीय लिम्बुवान पार्टी नेपालको समेत अध्यक्षको हैसियतमा प्रस्तुत गरेका छन् । उनले मञ्चको महाधिवेशनमा जुट्न सङ्घीय लिम्बुवान पार्टी नेपालका सम्पूर्ण केन्द्रीय नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

स्मरणीय के छ भने लिङ्देनलाई सङ्घीय लिम्बुवान पार्टी नेपालको अर्को खेमाले अध्यक्षबाट हालै हटाएर पार्टीका पुराना नेता सञ्जुहाङ पालुङ्वालाई संयोजक चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: