मण्डल परिवारलाई ४० हजार सहयोग

  प्रकाशित मिति
२३ पुष २०७७, बिहीबार १८:०५


सुरुङ्गा, २३ पुस । कन्काइ–५ स्थित कामाटोलीकी तीन वर्षीया बालिका प्रिती मण्डललाई स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले शिक्षाका लागि ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कामाटोली निवासी गणेश मण्डलकी २३ वर्षकी श्रीमती सीता मण्डल क्यान्सर रोगले २ बर्षदेखि मृत्युसँग लडीरहेकी थिइन् । आफुसँग भएको जग्गा र एउटा ट्याक्टर पनि बिक्री गरि उपचार गरेपनि श्रीमतीलाई बचाउन नसकिएकोले गत महिना मृत्यु भएको मण्डलको भनाइ छ ।

सिताको उपचारमा जायजेथा सकिएपछि विपत्तीमा रहेका मण्डललाई सामाजिक व्याक्तित्व निर्माण व्यवसायी शेरबहादुर थापा, पिए नेपालका शाखा संयोजक जगतबहादुर मगर, नेपाल लाइफ इन्स्योरेन्स झापाका एजेन्सी मेनेजर सुनिता धिमाल, व्यवसायी बिरेन्द्र उदास, नेपाली कांग्रेस कनकाई–५का सभापति रमेशचन्द्र दाहाल, उमा तिन्सिना, भुपालमान कार्की, कुमारमणि पोखरेल, त्रिलोचन चिमरिय लगायतले संयुक्तरुपमा उक्त रकम सहयोग गरेका हुन् ।

यसअघि मेचीनगर, अर्जुनधारा र बिर्तामोडका क्यान्सर, मृगौला र एपन्डिक्सका बिरामीहरुलाई सहयोग गर्दै आएको निर्माण व्यवसायी थापाले जानकारी दिए ।

हामीले कमाएको केही रकम सामाजिक छेत्रमा खर्च गरे समाज परिवर्तन गर्न सकिने अभियानका सल्लाहकार जगतबहादुर मगरको भनाइ छ । सामाजिक अभियन्ता गणेश ढुंगानाको सभापतित्वमा सञ्चालित कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रन्जित परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: