मतगणनाको समाचार सङ्कलन गर्न कठिनाई

  प्रकाशित मिति
१६ असार २०७४, शुक्रबार १४:४५


भद्रपुर । स्थानीय तह दोस्रोचरणको निर्वाचनका मतपरिणाम प्राप्त गर्न झापा जिल्लामा सञ्चारकर्मीलाई समस्या भएको छ ।

निर्वाचनको परिणाम थाहा पाउन खोज्ने आमनागरिकको चाहना रहे पनि निर्वाचन अधिकृतले मतगणनास्थलको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा नै मतपरिणाम गणनास्थलबाट बाहिर आउन समस्या भएको हो ।

भद्रपुर नगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समिति कार्यालयको मूल ढोकामै सुरक्षाकर्मीले सञ्चारकर्मीलाईभित्र रोके पछि मतपरिणाम अध्यावाधिक हुन सकिरहेको छैन ।

यसैगरी, मेचीनगर नगरपालिकाको मतगणनास्थलमा बिहीबार बेलुकादेखि सञ्चारकर्मीलाई भित्र प्रवेश गर्न रोक नदिएपछि समस्या भएको छ भने मतगणनास्थल बाहिर भेला भएका आमनागरिक निराश छन् ।

झापाका मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डेले पनि सञ्चारकर्मीको माग र बाध्यतालाई बुझ्ने प्रयास नगरिदिँदा समस्या भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: