मतगणना सुरु, झापामा एमालेको अग्रता

  प्रकाशित मिति
१५ असार २०७४, बिहीबार ११:२७


झापा । बुधबार सम्पन्न स्थानीय तह निर्वाचन पछि झापाका १५ मध्ये ६ तहमा मतगणना गए रातीदेखी मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापाका भद्रपुर नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, गौरिगञ्ज गाउपालिका र कचनकवल गाउपालिकामा अहिले मतगणना भईरहेको छ ।

पछिल्लो जानकारी अनुसार गणना भएकामा भद्रपुर नगरपालिका र कमल गाउपालिकाको पहिलो परिणाम बाहिर आएको छ । पछिल्लो परिणाम अनुसार दुई तहमा एमालेले अग्रता लिएको छ । भद्रपुर नगरपालिकामा २०० मत गणना गरिसक्दा प्रमुखमा एमालेका जीवन प्रधानको ७२ मत त्यस्तै माओबादी केन्द्रका शिवकुमार राजभण्डारीको ५५, नेपाली काँग्रेसका गणेश पोखरेलको २८ र राप्रपाका नवराज पनेरुले २१ मत प्राप्त गरेका ।
त्यस्तै कमल गाउपालिकाको २०८ मतगणना भईसक्दा एमालेका मेनुका काप्लेको ८९ मत, काँग्रेसका हुकुमसिंह राईको ५७ , माओबादी केन्द्रका बिमल संग्रौलाको ३७ र राप्रपाका बिष्णु पौड्ेलले ७ मत प्राप्त गरेका छन ।
दमक नगरपालिकाको पनि मत गणना आज बिहान ४ बजेदेखी शुरु भएको छ । अहिले सम्म दमकको परिणाम आउने सकेको छैन ।
मेचीनगर नगरपालिका सहित अन्य तहको मतगणना आज बिहान ८ बजेदेखी शुरु गर्ने सम्बन्धीत निर्वाचन अधिकृतहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: