मतदान अधिकृतहरुलाई तालिम

  प्रकाशित मिति
११ मंसिर २०७४, सोमबार १४:३३


भद्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालीम आज झापामा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

गएको ७ गतेदेखि मेची बहुमुखी क्याम्पस भद्रपुरमा सञ्चालित सो तालीममा एक हजार ४५० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

तालीममा सहभागीहरुलाई प्रशिक्षकका रुपमा जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्य, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख ज्ञानेन्द्र ओझा र होमनाथ भण्डारीलगायतले तालीम दिए ।

प्रशिक्षकले सहभागीहरुलाई मतदान केन्द्रमा अपनाउनु पर्ने प्रक्रिया, मतदाता परिचयपत्र वितरण, मतपेटिकामा लगाउने लाहाछाप, मुचुल्काजस्ता विविध पक्षमा जानकारी गराएको थियो ।

तालीम अवधिमा प्रमृख जिल्ला अधिकारी क्रृषिराम तिवारीले निर्वाचनलाई व्यवस्थित एवं मर्यादित बनाउनु मतदान अधिकृत एवं सहायक मतदान अधिकृत तथा खटिने अन्य कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताए ।

सो अवसरमा प्रहरी उपरीक्षक विष्णुकुमार केसीले निर्वाचन शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले कोही पनि निराश एवं विचलित हुनु पर्ने अवस्था नरहेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: