मदारी ः प्रश्नको उत्तर खोज्ने को ?

  प्रकाशित मिति
२५ भाद्र २०७३, शनिबार १७:३१


madariलोकतान्त्रिक अभ्यासमा बामे सर्दै गरेको हाम्रो देशमा दिनानुदिन केही न केही घटना भएकै हुन्छन् । यी घटनामा पीडित बनेका नागरिक (विशेषतः निम्न र मध्यम वर्ग) लाई सिस्टम (व्यवस्था) ले यस्तो परिवेशमा ढालेको हुन्छ कि उनीहरुलाई यो सबै भाग्यको खेल लाग्दछ । भाग्यवादमा बाँचेर पीडा सही जीवन गुजार्नु हाम्रो नियमित दिनचर्या बनेको छ । घटनाको चुरोसम्म नगइकन नै भाग्यको भरमा नागरिक आफूलाई जीवन्त राख्छन् । कसैलाई फुर्सद छैन । सबै व्यस्त । प्रश्न गर्ने को ? उत्तर खोज्ने को ? आखिर जवाफ त कसैले दिनै पर्छ ।
निशिकान्त कामतको फिल्म मदारी केही यस्तै साधारण र सहज प्रश्न सोध्ने जिद गर्दछ । फिल्मको नायक एउटा आम नागरिक हो । उसलाई राम्रोसँग थाह छ कि किन उसको छोरो त्यो दिन दुर्घटनाको शिकार भयो अनि यसको जिम्मेवार को हो ? दिनरात समाचारको स्रोत बनेका ती घटना समयचव्रmसँगै बिर्सिन थालिन्छ । तर, मदारीले यिनै प्रश्नलाई कोतर्ने काम गरेको छ । जब सत्य बाहिर आउँछ, त्यो सत्य दर्शकको लागि अत्यन्त भयावह लाग्छ । यसको निम्ति दर्शक सोच्न बाध्य हुन्छन् कि यसको जिम्मेवार हामी पनि हौँ । चुपचाप आफ्नै दुनियाँमा हराएका, आफ्नै दुनियाँमा रमाएका हामी यही सिस्टमलाई बदल्न किन एक कदम अघि बढाउन हिच्किच्याइरहेका छौँ ? प्रश्न मदारीले गर्छ ।

मदारी अर्थात् बाँदर नचाउने मान्छे । आम नागरिक को हो, मदारी या बाँदर ? नेतालाई चुन्नु अनि तिनै नेताले सरकार बनाउनु र तिनैले बनाएको पेचिलो सिस्टममा हामी आफैँ रुमलिनु । तर जव आम नागरिक त्यही सिस्टममा घुसेर विद्रोहको झिल्को बाल्छ तव सिस्टममा भूकम्प आउँछ । व्यवस्थाप्रति प्रश्न उब्जाएका धेरै फिल्म बन्ने गर्छन् तर धैरै पटक प्रश्नको समाधानमा उनीहरु अलि धेरै नै अराजक हुन्छन् । तर, मदारीले यी प्रश्नहरुको उत्तरमा आशाको ज्योति जगाएको छ । आम नागरिकलाई साथैमा लिएर हिँड्नु फिल्मको अर्काे सवल पक्ष हो ।

व्यवस्था बदल्नु चानचुने कुरा होइन् । तर, व्यवस्था बदल्न सकिन्छ । अहिले भएन त केही छैन । पाँच, दश या पन्ध्र वर्षमा स्थिति बदलिन्छ । यसको निम्ति खाँचो छ त केवल सुरुवातको । मदारी एउटा राजनीतिक सोचको फिल्म हो । फिल्मले कुनै पनि राजनीतिक आस्थाको विरोध र समर्थन गर्दैन । यो त केवल व्यवस्थासँग आन्दोलित छ ।

निर्देशक निशिकान्त कामतले फिल्मलाई तडकभडकरहित बनाउन सफल भएका छन् । रितेश साहको स्व्रिmप्टको मजवुत हतियार नै नायक इरफान खान हुन् । इरफानले सुस्त गतिमा चलेको फिल्मलाई उचाइँमा पु¥याएका छन् । इरफानले सधैँ झैँ दर्शकलाई प्रभावित बनाएका छन् र निर्देशकको उद्देश्य पूरा गरेका छन् ।

मदारी एउटा सोसियल र पोलिटिकल थ्रिलर फिल्म हो । बाज मुसामाथि झम्टिनु र मुसालाई लिएर बाज उड्नु साँचो लाग्छ तर राम्रो लाग्दैन । तर, बाजमाथि मुसाको आव्रmमण साँचो लाग्दैन तर राम्रो लाग्छ । मदारीको सार पनि यही हो । यहाँ आम नागरिक मुसा हुन् भने बाज व्यवस्थामा बसेका ती हैकमबाजहरु । ती हैकमबाजलाई जब मुसाले प्रत्याव्रmमण गर्छन् तव व्यवस्थाले नयाँ कार्यादेश पाउँछ । फिल्ममा समय–समयमा आउने यस्ता संवादले व्यवस्थाभित्र रहेको कुरीति, अन्याय अनि आमनागरिक भित्र रहेको कुण्ठालाई उजागर गर्दछ । इरफान रोएको दृश्यले आमनागरिकको विवशता प्रतिविम्वित गर्दछ । फिल्म हेरिरहेका दर्शक इरफानसँगै रुन बाध्य हुन्छन् अनि उसैसँग व्यवस्था बदल्ने अठोट गछ्र्रन् । निर्मल (इरफान खान) को स्वभाव हिंस्रक छैन । ऊ व्यवस्थाको समाधान होइन । तर, उसले गरेको प्रश्नको उत्तर खोज्दछ ।

आम नागरिक प्रश्न गर्दैछन् । यही समय हो व्यवस्थामाथि हालिमुहाली गरी बसेकाहरुले उत्तर दिने । यदि उत्तर सहजसँग पाएनन् भने आम नागरिकको भडास आगो भएर बल्ने छ र के थाह ती व्यवस्थामा बसेकाहरुको हालत के होला ? प्रश्न मदारीले दर्शकको दिमागमा स्थापित गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: