मदिराजन्य वस्तुको विक्री वितरण राति ८ बजे सम्ममात्र

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १८:१०


मेचीनगर नगरपालिका ।

मेचीनगर, २१ असोज । मेचीनगर नगरपालिकाले सभ्य र भव्य रुपमा चाडपर्व मनाउनका लागि आग्रह गदैं विहीबार सामूहिक छलफल गरेको छ ।
नगरपालिकाको सभाकक्षमा नगरभरिका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी जनप्रतिनिधिहरु बीचको छलफलले हिन्दुहरुको महान चाड वडादशै दिपालवीसहित अन्य पर्वलाई व्यवस्थित गर्न गराउन व्यवस्थापन मिलाई सम्वन्धित सरोकारवाला निकायहरुवाट प्रभावकारी कार्यान्वयन गर्ने गरी विभिन्न १७ वटा निर्णय भएको छ ।

छलफलले अनावश्यक भीडभाड हुने मेला, उत्सवको आयोजना नगर्ने नगराउने, अनाधिकृत रुपमा मूल्य वृद्धि, कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि लगायत अन्य अवान्छित आर्थिक क्रियाकलाप सञ्चालन नगर्ने नगराउने, तास, जुवा, डाइस जस्ता निषेधित कार्य नगर्न सार्वजनिक सूचना गर्ने, मदिराजन्य वस्तुको बिक्री वितरण रातीको ८ वजेसम्म मात्र गर्न गराउने निर्णय भएको आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले जानकारी दिए ।

छलफलले सवारी साधन सञ्चालन, पार्किङ्ग तथा व्यवस्थापनका सन्दर्भमा यस पूर्व भएका निर्णयहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सबै व्यवसायी, व्यवसायिक संघ संस्थाहरु वीच प्रभावकारी सहकार्य समन्वय गर्ने, ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई थप सक्रिय बनाउन अनुरोध गर्ने, आकस्मिक सेवा सम्बन्धमा आवश्यक पर्ने दमकल, एम्वुलेन्स जस्ता साधनहरु च्ुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउने समेत निर्णय भएको कार्कीले बताए ।

चाडपर्वको अवसरमा झिलिमिली एवम् दिपावली गर्दा विद्युत अवरोध हुने सम्भावनालाई मध्यनजर गर्दै नियमित विद्युत आपूर्ति व्यवस्थापन गर्न विद्युत प्राधिकरण धुलाबारी र काँकरभिट्टा शाखालाई अनुरोध गर्ने, पटका एवम् आतिशवाजीका सामाग्रीको प्रयोग निरुत्साहित गर्न पहल गर्ने, सार्वजनिक महत्वका स्थानहरु सडक, वन, विद्यालय, पार्क, वजार लगायका स्थलहरुमा छाडा पशु चौपाया नछोड्न सूचना प्रवाह गर्ने कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रणका लागि स्वास्थ्य सुरक्षणका लागि तोकिएका सम्पूर्ण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने र उपरोक्त निर्णयहरु कार्यान्वयन गर्न गराउन प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधीहरु र स्थानीय सुरक्षा निकायको प्रमुख, राजनैतिक दलका प्रमुखज्यूहरु, मेची उद्योग वाणिज्य संघ लगायत व्यवसायिक संघ संस्थाको विशेष समन्वयमा अनुगमनको व्यवस्था मिलाउने निर्णय भएको उनले बताए ।

सर्वपक्षिय बैठक तथा छलफललका निर्णयहरुलाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन भए नभएको अनुगमन गर्न र कार्यान्वयनमा लागि दिन नगरप्रमुख विमल आचार्यले आग्रह समेत गर्नुभएको छ । उपप्रमुख मिना पोखरेल उप्रेतीले चाडपर्वलाई आफ्नो मौलिक परम्पराका रुपमा आत्मसाथ गर्न नगरवासीमा आव्हान गर्नुभयो ।

छलफलमा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, धुलावारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन वस्नेत, गोपाल गुप्ता, होटल व्यवसायी संघ मेचीनगरका रामबहादुर तामाङ, ट्राभल संघ झापाका अध्यक्ष निरकुमार कार्की (नेत्र), मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहाल, सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: