मधु पोखरी पर्यटकीय स्थल बन्दै

  प्रकाशित मिति
२० जेष्ठ २०७७, मंगलवार १०:०२


झापा । बिर्तामोड नगरपालिका–१० स्थित महाभारतकालीन इतिहास बोकेको मधु पोखरीलाई पर्यटकको गन्तव्य स्थल बनाउन तीव्र गतिमा काम थालिएको छ ।

पौराणिक महत्व बोकेर पनि पर्यटकीय आकर्षण बन्न नसकेको विराट राजाको शासनमा निर्माण भएको सो पोखरी पुर्वाधार लगायत कारणले पर्यटकको गन्तव्य स्थल बन्न नसकेपछि स्तरोन्नतिको काम तीव्र पारिएको हो ।

प्रदेश नम्बर १ अन्र्तगत पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रप्त २० लाख रुपैयाँमा पहिलो चरणमा पोखरी सफा गर्ने तथा घेरावाराको काम भइरहेको छ ।

पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरैकाम बाँकी रहेकाले वजेट अभाव भएको गुनासो अध्यक्ष आचार्यको छ ।

सांसद ओमप्रकाश सरावगीले उक्त पोखरीलाई पर्यटकीय आकर्षण केन्द्र बनाउन भइरहेको काम बारे स्थलगत अनुगमन गरेका छन् ।

सांसद सरावगीले गुरु योजना अनुरुप पर्यटकीय आकर्षण केन्द्रका रुपमा विकास गर्न आगामी वर्ष थप वजेट प्रबन्धका लागि पहल गर्ने निर्माण समितिलाई प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: