मध्यरातमा एक व्यक्तिको हत्या

  प्रकाशित मिति
२२ भाद्र २०७३, बुधबार १६:०४


काँकडभिट्टा २२ भदौं । झापा मेचीनगर–१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ ।

पहिचान खुल्न नसके एक व्यक्तिको मंगलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो ।

मादक पदार्थ सेवन गरेका दुई जनाबीच शुरु भएको विवादका क्रममा ती व्यक्तिको हत्या भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

भद्रपुर–१ स्थित चन्द्रगढीका ३६ वर्षीय रिजन भनिने नेत्र गिरीलाई हत्यामा सम्लग्न भएको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव निरीक्षक केदार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: