मध्यरातमा मेलम्चीमा आएको बाढीले ५० जना बेपत्ता, बजारै बगायो (भिडियो पनि हेर्नुहोस्)

  प्रकाशित मिति
२ असार २०७८, बुधबार ०७:५३


झापा, २ असार । सिन्धुपाल्चोकको मेलम्चीमा हिजो आएको भीषण बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।

बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु-१ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदी छेउका घरटहरा सबै बगेका छन् ।

मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनियाँको क्याम्प पनि डुबानमा परेका छन् । हिजो रातको समय भएकाले घटनास्थलमा पुग्न नसकेको प्रहरीले विहानबाट वेपत्ताको खोजी र उद्दार कार्य सुरु गरेको छ ।

अहिलेसम्म मानवीय क्षति पुष्टि भएको छैन । यसैबीच मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर पुन आज हेलिकोप्टर चढेर स्थलगत अनुगमनमा जाने भएका छन् ।

(नेपाल प्रेस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज