ड्युटीमा ढलेका प्रहरीको मृत्यु

  प्रकाशित मिति
३ फाल्गुन २०७२, सोमबार ०४:२१


ज्यामिरगढी । भारतीय सीमा नजिक ड्युटीमा खटिएका नेपाल प्रहरीका जवान अर्जुन योञ्जनको शनिवार मध्यराति मृत्यु भएको छ ।

ज्यामिरगढी–८ स्थित सतिघट्टाको ६ नम्बर पोस्टमा खटिएका प्रहरी जवान योञ्जन राति १२ बजे ड्युटीमै रहेका बेला अचानक बेहोश भएर ढलेका थिए । त्यहाँ उनीसँगै अर्का एक प्रहरी जवान र नजिकै सशस्त्र प्रहरी समेत ड्युटीमा थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीका अनुसार ड्युटीमै ढलेका जवान योञ्जनलाई उपचारका लागि तत्कालै विर्तामोडको वीएन्डसी हस्पिटल लगिएको थियो । अस्पतालमा उपचारकै व्रmममा उनको निधन भएको ज्ञवालीले जानकारी दिए ।

योञ्जन ३ वर्ष अघि मात्र प्रहरी सेवामा प्रवेश गरेका थिए । इलाम जिल्लाको गोदक–१ घर भएका उनको पोस्टमार्टम जाँच पछि दाह संस्कारका लागि परिवारले आइतवार शब बुझेर लगेको छ ।
ज्यामिरगढीको सतिघट्टा प्रहरी चौकीमा उनी कार्यरत थिए । उनी अर्का एक साथीसँगै चौकीबाट करीव २ किलोमिटर पूर्व अर्थात् काँकरभिट्टा इप्रकाबाट डेढ किलोमिटर दक्षिण चिया बगान एरिया नजिक सीमा क्षेत्रको वस्तीमा शनिवार राति ‘पिकेट ड्युटी’मा खटिएका थिए ।

यही घटनाका कारण आइतवार बाहुनडाँगीमा भएको मन्त्रीको कार्यव्रmममा जिल्लाका प्रहरी प्रमुख ज्ञवाली जान भ्याएनन् । इलामबाट आएको मृतकको आफन्तसँग कुराकानी गर्न र शब बुझाउन उनी व्यस्त भएका थिए ।

सतिघ्ट्टा प्रहरी चौकी नजिकका वासिन्दाले समेत प्रहरी जवान योञ्जनको अचानक मृत्यु भएको खबर विहान मात्र चाल पाएका थिए ।

‘प्रहरी जवानको ड्युटीमै ढल्दा मृत्यु भयो भन्ने विहान सुनियो’–स्थानीयबासीले बताए । उनीहरूका अनुसार प्रहरी ढलेको स्थान नजिकै सरस्वती पूजा स्थल समेत रहेको छ । ड्युटीका प्रहरीहरू पूजास्थलमा पनि पुगेका थिए ।

मृतक प्रहरी पहिल्यैदेखिका कुनै विरामी थिए कि भन्ने आशङ्का गरिए पनि त्यसको यकिन हुन सकेको छैन । आन्तरिक रक्तश्राव देखिएको हुँदा उनलाई हृदयाघात भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: