मनपरी गर्ने चार किराना पसलेलाई रु. २५ हजार जरिवाना

  प्रकाशित मिति
८ बैशाख २०७७, सोमबार १७:५१


भद्रपुर, ८ वैशाख । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई रु. २५ हजार जरिवाना गरेको छ ।

भद्रपुर ६ र ७ मा सञ्चालनमा रहेका किराना पसले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता नराखेको आरोपमा समितिले सो जरिवाना गरेको जनाएको छ ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भद्रपुर बजारको पार्वती किराना पसल, सगरमाथा चोकको रिजाल किराना पसल, भद्रपुर¬–६ स्थित सरस्वती स्टोर, लक्ष्मी स्टोर, शिवशक्ति स्टोर, भद्रपुर–७ को हाम्रो किराना पसल र सुप्रिम स्टोरमा अनुगमन गर्दा चार वटाले मनपरी गरेको पाइएकोले जरिवाना गरिएको बताए ।

सरस्वती स्टोरलाई विल विजक जारी नगरेकोमा रु. पाँच हजार, खरिद विक्री खाता नराखेकोमा रु. एक हजार गरी रु. छ हजार, लक्ष्मी भण्डारलाई रु छ हजार, शिवशत्ति स्टोरलाई रु तीन हजार र सुप्रिम स्टोरलाई रु १० हजार गरी जम्मा २५ हजार जरिवाना गरिएको उनले बताए ।

सहायक प्रजिअ राईले यी पसलेहरुले बजार मूल्यभन्दा बढीमा किराना सामान विक्री गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको बताए । तर, अनुगमन समिति पसलमा पुग्दा उनीहरुले तय गरेको मूल्यको दररेट, विल र खाता समेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएकाले जरिवाना गरेको उनको भनाई छ ।

लकडाउनको फाइदा उठाउँदै बजारमा कालो बजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको छ । समितिले उपभोक्ताहरुलाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: