झापामा छठ पर्वको उल्लास सुरु

  प्रकाशित मिति
२१ कार्तिक २०७३, आईतवार ०८:४९


%e0%a4%96%e0%a4%9c

झापा । सूर्यको पूजा र उपासना गरी मनाइँने छठ पर्वको उल्लास झापाका सबै नगर र गाउँमा देखिएको छ । झापाका प्रमुख नदी किनार र जलाशयहरुमा पूजास्थल निर्माण कार्य सकिएको छ । नदी र जलाशयलाई दुलहीझैँ सजाइएको छ ।

झापाका मेची, कनकाई, विरिङ, नन्दा, अदुवा, रतुवालगायतका अधिकांश नदीका किनारमा घाट निर्माण गरिएको छ । कनकाई छठ पूजा सेवा समितिका अध्यक्ष किसनकुमार सोनीका अनुसार कनकाई नदीमा छठ मनाउने सबै तयारी पूरा भइसकेको छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा र्यालीसहितको कार्यव्रmम राखिएको उनले बताए । आइतबार नेम्वाङले छठ पूजामा सहभागिता जनाउने छन् ।

कनकाई माईको पूर्वी तटमा छठपूजाको तयारी पूरा गरिएको छ । कनकाई छठ पूजा सेवा समितिका अनुसार छठ पूजाको सबै तयारी पूरा भएको छ । छठ पूजामा सबै समुदायको सहभागिता रहने छ । पूजा सम्पन्न गर्न विजयकुमार शर्माको संयोजकत्वमा १५ सदस्यीय छठपूजा व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यमा पवनकुमार साह, जगतनारायण मण्डल, शिवशङ्कर महासेठ, मुन्ना साह, महावीर महासेठ, उपेन्द्र सहनी, रामहृदय सहनी, पुरण सहनी, अरुण यादव, चन्दन साह, अमन गुप्ता, धनुष पञ्जियार, राजकिशोर चौधरी र दिनेश ठाकुर रहेका छन् ।

कात्तिक १९ गते नुहाएर खाने, २० गते खर्नाको ब्रत बस्ने, २१ गते निराहार बसी दिउँसो ११ बजे सुरुङ्गा बजार दुर्गा मन्दिरदेखि सूर्य अङ्कित झण्डा र झाँकीसहितको ¥याली निकालिने र माई किनारमा पुगी अस्ताउँदो सूर्यलाई अग्र्घ दिने र २२ गते उदाउँदो सूर्यलाई अग्र्घ दिने र प्रसाद ग्रहण गरेर पूजा सम्पन्न गरिने समितिका सचिव खगेन्द्र महतोले जानकारी दिए ।

यस पटकको छठपूजामा कनकाई नगरपालिका, चारपाने, खुदुनाबारी, शरणामती लगायतका झापाका विभिन्न ब्रतालुले भाग लिने जनाइएको छ । कनकाई नदीको पूर्वी तटमा ७० वटाभन्दा बढी घाट निर्माण गरिएको छ । २१ गते साँझ र २२ गते बिहान साङ्गीतिक प्रस्तुति रहने छ । तीज मिलन, स्वास्थ्य शिविर, होलीमिलन, रक्तदान लगायतका कार्यव्रmम वर्षभरि नै गर्दै आएको समितिले छठपूजालाई विगत एक दशक अघिदेखि भव्य रुपमा मनाउँदै आएको छ । पत्रकार भेटघाटमा कनकाई छठ पूजा सेवा समिति अध्यक्ष किसनकुमार सोनी, होटल व्यवसायी सङ्घ सुरुङ्गाका अध्यक्ष होम बिमलीलगायतले बोलेका थिए । कार्यव्रmम पूजा व्यवस्थापन समितिका संयोजक विजयकुमार शर्माको अध्यक्षतामा भएको थियो ।

भद्रपुरस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष बलदेव साहका अनुसार छठको तयारी पूरा भएको छ । मेची नदी किनारमा १ सय ५० मिटर क्षेत्रफलमा पूजास्थल निर्माण गरिएको साहले बताए । नेपालसँगै भारतीय नागरिक पनि छठ मनाउन मेची नदीमा आउने गरेका छन् । भद्रपुर जनकपुर पछिको दोस्रो स्थान ओगट्छ । मेची नदीमा पूजास्थल व्यवस्थापनदेखि सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती जडान, शौचालय, पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा चौकी निर्माण कार्य सकिएको छ ।
षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालमा विशेषगरी तराईसँगै काठमाडौँ उपत्यकामा श्रद्धा भक्तिपूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्वमा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुन्छन् । र, यो पर्व विधिवत रुपमा मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनबास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो ब्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो ब्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिइने सोनीले बताए ।

कात्तिक शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपालका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । छठ एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ ।

विधिविधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ । छाला सम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गरिन्छ ।

छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफूल, मिठाई जस्ता सामग्री प्रयोग गरिन्छ । समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: