मन्त्रिपरिषद्मा एक तिहाइ महिला सहभागिताको माग

  प्रकाशित मिति
२८ श्रावण २०७३, शुक्रबार १२:४३


download
काठमाडौँ, २८ साउन । अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका रूपमा स्थापित सञ्जालले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी संवैधानिक आयोग, कूटनीतिक निकाय र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्नसमेत जोडदार माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नै पहलमा राष्ट्रपति र सभामुख महिला भएको अवस्थामा मन्त्रिपरिषद् र राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागिसमेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी सञ्जालकी उपाध्यक्ष सावित्रा भुसालले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: