मन्त्रीलाई छेक्यो हुस्सु र कुहिरोले

  प्रकाशित मिति
२५ मंसिर २०७२, शुक्रबार ०६:३३


 

विर्तामोड । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा जिल्ला गैरसरकारी महासङ्घ झापाको आयोजना र जिल्ला महिला वालवालिका कार्यालयको समन्वयमा विहीवार यहाँ आयोजित कार्यव्रmममा मौसम प्रतिकूल भएका कारण प्रमुख अतिथि मन्त्री आउन सकेनन् ।

महिला तथा वालवालिका मन्त्री सीपी मैनालीलाई प्रमुख अतिथिका रुपमा कार्यव्रmममा निमन्त्रणा गरिएको थियो । तर विहीवार बाक्लो हुस्सु लागेका कारण काठमाडौँबाट कुनै पनि विमान भद्रपुर एयरपोर्टसम्म उडान हुन सकेनन् । सोही कारणबाट मन्त्री मैनाली दिनभर काठमाडौँ एयरपोर्टमै उडान खुल्ने पर्खाइमा व्यर्थै बसिरहे ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयले दैनिक १० देखि १२ उडान हुँदै आउको भद्रपुर एयरपोर्टमा विहीवारका सबै उडान रद्द भएको जनाएको छ ।
यस विमानस्थलबाट बुद्ध, यति, सौर्य र नेपाल एयरलान्सका विमानले सेवा दिदै आएका थिए ।

कार्यालय भद्रपुरका उपप्रवन्धक गोपालले घिमिरेका अनुसार उडान हुनलाई कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ । तर विहीवारको हुस्सु र कुहिरोले २ देखि ३ किलोमिटर मात्र भिजिबिलिटी देखिएको थियो ।

यता मन्त्री गृहजिल्लामा आउने भएपछि उनको स्वागतमा पार्टीका नेता, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली लगायतले पनि दिनभर भद्रपुर एयरपोर्टको भीआइपी कक्षमा कुरेरै विताउनु परेको थियो ।

उडान सम्भव नभएपछि प्रजिअ पौडेल र एसपी ज्ञवाली अबेर गरी कार्यव्रmमस्थल फर्केका थिए । मन्त्री नआए पनि कार्यव्रmम भने सुचारु भएको थियो । गैरसरकारी महासङ्घ झापाका अध्यक्ष रुद्र सिटौलाले उद्घोषणका व्र्रmममा मौसमी प्रतिकुलताले मन्त्री आउन नसकेको जानकारी गराउनु परेको थियो ।

जिल्ला महिला तथा वालवालिका कार्यालयकी प्रमुख इन्दिरा ओझाको सभापतित्वमा भएको कार्यव्रmममा झापा क्षेत्र नं. १ का सांसद् रविन कोइराला, प्रजिअ पौडेल, एमाले झापाका अध्यक्ष चिन्तन पाठक, एमाओबादी नेता सीपी कडरिया, नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाई लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यव्रmममा महिला तथा वालवालिका कार्यालयकी प्रमुख ओझा र झापा वारकी अधिवक्ता यज्ञलक्ष्मी चौलागाईले ‘लैङ्गिक हिंसा न्यूनीकरण’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantrap[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: