मन्त्रीले हाँस्दै भनिन्–‘तपाईहरुसँग साइनो गाँसियो’

  प्रकाशित मिति
९ माघ २०७६, बिहीबार १०:५८


काँकरभिट्टा । खानेपानी मन्त्री बिना मगर बुधवार मेचीनगरको खानेपानी सम्बन्धी कार्यक्रममा व्यस्त रहिन् । उनले काँकरभिट्टा खानेपानीका उपभोक्ताहरुको सक्रियताको सराहना गर्दै ‘मन्त्रालयको साइनो गाँसिएको’ बताइन् ।

मन्त्रालयले पाइलट प्रोजेक्टको रुपमा सुरु गरेको मानव मलमूत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्र’को सञ्चालनमा काँकरभिट्टा खानेपानी उपभोक्ता समितिले पुर्याएको योगदानको मन्त्री मगरले खुलेरै प्रशंसा गरिन् ।

‘हामीसँग काँकरभिट्टाको अमिट साइनो गाँसिएको छ,’ मन्त्री मगरले खानेपानी संस्थाको साधारणसभा र प्रशोधन केन्द्रको उद्घाटन समारोहमा भनिन्–‘तपाईहरुसँग कति समिपमा छौं भन्ने कुरा हाम्रा आयोजनाहरुले नै प्रमाणिकरण गरिदिएका छन् ।’

उनले मेचीनगरमा सञ्चालित प्रशोधन केन्द्रबाट सिकेर मुलुकका अन्य भागमा समेत केन्द्रको विस्तार गरिने बताइन् । खानेपानी समितिका पदाधिकारीहरुले सरकारी आयोजनालाई बेतलबी कर्मचारी’ सरह सघाएको उनको भनाई थियो ।

मन्त्री मगरले मेचीनगरको काँकरभिट्टा र दुहागढीमा रहेको प्रशोधन केन्द्रको उद्घाटन र निरीक्षण गरेकी छन् ।

कार्यक्रममा सहभागी हुन मङ््गलवार झापा आएकी मन्त्री मगर काँकरभिट्टाको कार्यक्रममा निकै ढिलो आइपुगिन् । खानेपानीको कार्यक्रम विहान ८ बजे उद्घाटन हुने भनी निम्तो गरिए तापनि उनी ३ घण्टा ढिलो मात्र मञ्चमा आइपुगेकी थिइन् । तर ओजपूर्ण भाषणले सबैको मन जितिन् ।

स्रोतका अनुसार उनी हिजो भारतको जलपाइगुरीमा रहेका नातेदारको घरमा बसेकी थिइन् । हुर्किदै गरेको छोरासँगै आएकी उनी काँकरभिट्टाबाट मङ्गलवार नातेदार भेट्न सरासर भारत गएकी थिइन् ।

खानेपानीको उद्घाटन कार्यक्रमका केही वक्ताले मन्त्री मगर निर्धारित समयमा कार्यक्रमस्थलमा नआएकोमा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: