मन्त्रीसँग योजना माग

  प्रकाशित मिति
८ माघ २०७६, बुधबार १९:४८


 

धुलाबारी । खानेपानी मन्त्री बिना मगरलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहलगानी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

मन्त्री मगरलाई बुधबार संस्थाको कार्यालयमा अध्यक्ष अजय घिमिरेलगायतको टोलीले सहलगानी कार्यक्रमलाई छनौटको पहिलो प्राथमिकतामा पारिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

सहलगानी कार्यक्रम अन्तरगत संस्थाको डिपीआर र सर्भेसमेत भइसकेकाले यो आर्थिक वर्षभित्र पहिलो प्राथमिकतामा पारिदिन योजना सहितको माग मन्त्री मगरलाई बुझाइएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

संस्थाको मेचीनगर–१० मा रहेको ५ कठ्ठा जग्गा ओभरहेड ट्याङ्की र पाइपलाइन निर्माण र विस्तारका लागि मन्त्री मगरलाई अनुरोध गरिएको उनले बताए । सहलगानी कार्यक्रम अन्तरगतको योजना आए सरकारको ७० र संस्थाको ३० प्रतिशत लगानी हुनेछ ।

६ हजार उपभोक्ता रहेको संस्थामा सबै वडाका ग्राहकले सहजरुपमा पानी पिउन पाएका छैनन् । धुलाबारी खानेपानीमा दिउँसो पानीमा लोडसेडिङ हुने गरेको छ । विहान–बेलुका नियमित पानी पिउन पाए पनि दिउँसो पानी उपभोक्ताले त्यो सेवाबाट बन्चित छन् ।

मन्त्री मगरलाई आयोजनाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै थप सुधार र बिस्तारका लागि मागपत्र बुझाइएको अध्यक्ष घिमिरेले बताए । मन्त्री मगरले ज्ञापन पत्रका बिषयमा गम्भीरताका साथ अध्ययन गरी आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, धुलाबारी खानेपानीका पूर्व अध्यक्ष मणिकुमार उप्रेती, निवर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, मन्त्रालयका सचिव, निर्देशक तथा विभिन्न राजनीतिक दलका नेतृत्वको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष घिमिरेको सभापतित्व र सचिव कञ्चनकुमार तामाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: