मेचीनगर, २२ भदौ । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको प्रमुख स्वकीय सचिव तिलक बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार मन्त्रालयमा मन्त्री घिमीरेलाई गत १५ गते संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए । आइतवार उनको स्वाब संकलन गरिएको थियो । प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट आज आएको हो ।
‘होम आइसोलेसनमा बस्नु भएको उनको स्वास्थ्य अवस्था सामान्य छ,’ बस्नेतले भने, ‘मन्त्रालयमा संक्रमण देखिएपछि आफूमा कोरोना संक्रमणको शंका लागेर परीक्षण गराउँदा पोजेटिभ देखिएको हो’ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालयका तीन जना कोरोना संक्रमित भई निको भइसकेका छन् ।
मन्त्री घिमीरे होम आइसोलेसनमै उपचाररत छन् । हालसम्म मन्त्रालयमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको बस्नेतले बताए ।
(पहिलो पोष्ट)