नेकपा संस्थापक कर्माचार्यको स्मृतिमा खुलेको बहुप्राबिधिक शिक्षालयको उद्घाटन

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार २०:२४


विर्तामोड, २७ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा विर्तामोडमा सञ्चालित बहुप्राबिधिक शिक्षालयको आज विहान उद्घाटन गर्नुभएको छ ।

विर्तामोड–४ मा भवन भाडामा लिएर सञ्चालित नरबहादुर कर्माचार्य स्मृति बहुप्राबिधिक शिक्षालयमा कृषि, जीव र वनविज्ञान सम्बन्धी पढाई हुनेछ ।

शिक्षालयमा १२० जनाले तीन वर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए ।

उनले शिक्षालयले जग्गा लिजमा लिएर दुई बर्षभित्रमा आफ्नै भवन समेत बनाउने तयारी भइरहेको जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा शिक्षालय स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: