झापा । विर्तामोडस्थित बिएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने माग गर्दै पाँच दिनदेखि आमरण अनशन बसेका चैतन्यप्रकाश मैनालीलाई आइतार युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले भेट गरेका छन् ।
हस्पिटल परिसरमै अनसनमा बस्नुभएका मैनालीलाई भेटेपछि पत्रकारसँगको कुराकानीमा मन्त्री श्रीपाइलीले उनका मागलाई मन्त्रिपरिषद्मा लैजाने बताए ।
काठमाडौँका डा गोविन्द केसी र झापाका मैनालीले अनशनका क्रममा उठाएका मागका विषयमा सरकारले उपयुक्त निर्णय लिने मन्त्री श्रीपाइलीले बताए ।