मन्त्री श्रेष्ठलाई कारवाही गर्न मुक्ति समाजको माग

  प्रकाशित मिति
१४ असार २०७८, सोमबार १७:३०


झापा, १४ असार । नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश कमिटीले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल कानुन अनुसार कारवाही गर्न माग गरेको छ ।

समाजले सञ्चारकर्मी रुपा सुनारको उजुरीको आधारमा प्रहरी हिरासतमा रहेकी अभियुक्त सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले महानगरीय प्रहरी कार्यालय पुगेर छुटाएको घटनाको घोर निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेको हो ।

संगठनका प्रदेश कमिटी संयोजक सोमनाथ पोर्तेलको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितु गौतमको प्रमुख आतिथ्यतामा आज भएको भर्चुअल बैठकले मन्त्री श्रेष्ठले राज्य शक्तिको दुरुपयोग गर्दै नेपालको संविधान, कानुन तथा नेकपा एमालेको विधानको समेत धज्जी उठाएको निष्कर्ष निकालेको छ ।

समाजका इञ्चार्ज खेम नेपाली सहइञ्चार्ज जसमाया गजमेर, देबेन्द्र विश्वकर्मालगायतको सहभागिता रहेको बैठकले कथित नेवा समाजको नाममा उल्लै पीडितको विरुद्धमा नाराबाजी गरिएको घटनाप्रति लाखौं दलित समुदायलाई मर्माहत बनाएको र राजकीय ओहदामा आसिन व्यक्तिले पदीय मर्यादा, आचारणको ठाडै उल्लंघन गरेको भन्दै घटनाको घोर निन्दा र भत्र्सना समेत गरको छ ।

बैठकले नेपालको संविधान, ऐन, कानून र पार्टी विधानद्वारा दण्डित हुने कार्य गर्ने पार्टी नेता तथा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिरहेका मन्त्री श्रेष्ठलाई नेकपा एमाले तथा सरकारको तर्फबाट तत्काल कारवाही गरी अभियुक्त सरस्वती प्रधानलाई तत्काल पक्राउ गर्न र थप अनुसन्धाान गरी सत्य तथ्य बाहिर ल्याई कानुन बमोजिमको कारवाही गरिनुपर्ने माग गरेको छ । साथै पीडित रुपा सुनारको पूर्ण सुरक्षाको ग्यारेन्टी समेत सरकारले लिनुपर्ने उनीहरुको धारणा रहेको छ ।

मोर्चाले मन्त्री श्रेष्ठलाई कारवाहीको माग गर्दै आजै प्रदेश नम्बर १ का १४ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संयोजक पोर्तेलले जानकारी दिए । उनले बैठकले असार १५ गते १४ वटै जिल्लाका पार्टी कमिटी र पार्टीका जनसंगठनहरुसँग स्वास्थ्य मापदण्ड अपनाएर अन्तरक्रिया गर्ने, १६ गते नेकपा एमालेका प्रदेश भरिका १३७ वटै पालिकाका पार्टी कमिटिलाई ज्ञापन पत्र बुझाउने, असार १७ गते १४ वटै जिल्लाका पार्टी इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरु तथा जनसंगठनका प्रदेश कमिटीहरुसँग अन्तरक्रिया गर्ने निर्णय रहेको बताए ।

मोर्चाले असार १८ गते प्रदेश १ का सबै जिल्लामा मानवधिकार एलायन्ससँगको समन्वयमा मानव अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने र माग सम्बोधन नभएमा असार १८ गते नै प्रदेशको सचिवालयको बैठक भर्चूअल माध्यमबाट बसी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संयोजक पोर्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: