मलाई बचाउनुहोस्

  प्रकाशित मिति
१५ फाल्गुन २०७६, बिहीबार १०:१८


मिर्गौला पीडितको वेथा

मेचीनगर । मेचीनगर–९, धुलाबारी सिरान बस्ने ओमबहादुर अधिकारीको दुवै मिर्गौलाले काम गर्न छाडेको एक वर्ष भयो ।

प्रेसर, युरिक एसिडका बिरामी अधिकारीले एकवर्ष अघि स्वास्थ्य जाँच गर्दा उनको मिर्गौला खराब भएको चिकित्सकले बताए ।

चिकित्सकले उनलाई कि त निरन्तर डाइलोसिस गर्नु या त मिर्गौला फेर्न सुझाव दिएका थिए । तर, उनले आफूसँग रकम नभएकाले मिर्गौला फेर्न नसकेको बताए ।

अधिकारी एक वर्षदेखि हप्तामा दुईपटक मिर्गौलाको डाइलोसिस गरेर जीवन बचाइरहेका छन् ।

काठमाडौंमा ज्योतिषी पेशा गरेर परिवार चलाउँदै आएका ५७ वर्षीय अधिकारीले आफूसँग भएको पैसा डाइलोसिस गर्दैमा सकिएको बताए । उनका अनुसार महिनाको २५ हजार रुपैयाँ औषधिमा खर्च हुन्छ ।

‘सानो पेशा गरेर परिवार पाल्दै आएको थिएँ,’ उनले भने, ‘तर अहिले म त्यो काम पनि गर्न सक्ने अवस्थामा छुइन् ।’

उनले डाक्टरले छिटोभन्दा छिटो मिर्गौला फेन सुझाव दिएपनि आफूसँग त्यत्रो पैसा नभएकाले जीवन बचाइदिन सबैसँग सहयोगको याचना गरेका छन् ।

‘म आज पीडा बोकेर हिँडिरहेको छु’, उनले भने, ‘उपचारमा सहयोग गरी मेरो जीवन बचाइदिनुस् । म पनि बाँच चाहन्छु । मर्ने रहर कसलाई पो हुन्छ र !’

अधिकारीको परिवार आर्थिक रुपमा पनि कमजोर छ । डाक्टरले अधिकारीको मिर्गौला फेर्न १० लाख रुपैयाँ लाग्ने बताएका छन्, त्यो पनि परिवारले मिर्गौला दिएको खण्डमा ।

परिवारसँग मिल्न नसकेमा मिर्गौला फेर्न भारतमा २५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

त्यत्रो रकम नभएपछि अहिले उनी पैसा कसरी जुटाउने भन्ने चिन्तामा छन् ।

उनको परिवारले पनि अभिभावक ओमबहादुरको जीवन बचाइदिन सबैसँग सहयोगको अपिल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: