‘मलाई बचाइदिनु होस्’

  प्रकाशित मिति
२७ श्रावण २०७३, बिहीबार ११:१४


khadga

बिर्तामोड । दुबै मिर्गाैला (किड्नी) खराब भएका बिर्तामोड–१ का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वाको उपचारमा आर्थिक अभाव भएको छ ।
मजदुरी गरी जसोतसो परिवारको गुजारा गर्दै आएको उनको परिवारले उपचारमा सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् ।

सुकुम्वासी टोलमा बस्दै आएका माइला नामले चिनिएका उनी विगत ९ महिनादेखि रोगले थलिएका हुन् ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा उनको दुबै मिर्गौला खराब भएको पत्ता लागेको थियो । हाल धरानमै उनको डायलासिस गरिदै आएको छ ।
माइला विरामी परेपछि परिवारको छाक टार्नै मुस्किल पर्ने गरेको उनकी श्रीमती बुद्धमाया बताउँछिन् । अहिलेसम्म उपचारमा ३ लाख रुपैयाँभन्दा बढी माइलाले आफ्नै सम्पत्तिबाट खर्च गरिसकेका छन् ।

अवस्था विग्रदै गएपछि केही दिनबाट उनको मृगौलाको डायलासिस सुरु भएको छ । चिकित्सकले जति सक्दो चाँडो पैसा जुटाएर मिर्गाैला फेर्ने सल्लाह दिएकाले पैसाको अभावमा उनी चिन्तित बनेका छन् ।

‘मिर्गौला नफेरि म बाँच्दिनँ त्यसका लागि पैसा चाहिन्छ, पैसा छैन’, माइला सबैसँग सहयोगको याचना गर्र्दै भन्छन्–‘मेरो जीवन तपाईहरूको हातमा छ, सहयोग जुटाएर बचाइदिनुहोस् ।’

मिर्गौला दान गर्ने मान्छे नभेटिएको अवस्थामा फेर्नको लागि १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । उनी अहिले मिर्गौला दानका लागि आफन्तजनलाई हारगुहार गरिरहेका छन् ।

लामो समय यातायात चालक भई मजदुरी गर्दै आएका उनी पछिल्लो समय बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कर्मचारी थिए । विरामले थलिएपछि त्यो काम समेत उनले छाडे्का छन् । नेपाली काङ्ग्रेसका सक्रिय सदस्य माइला तरुण दल बिर्तामोडका सल्लाहकार हुन् ।

यसैबिच सामाजिक क्षेत्रमा क्रियाशील लोकबन्धु कन्दङ्वा, मदन गोपाल सुब्बा लगायतको अगुवाईमा ‘खड्ग लिम्बू माइला बचाउ समिति’ बनाएर सहयोग अभियान सुरु गरिएको छ ।

बुधवार माइलाकै निवासमा भेला भएका सामाजिक अगुवाहरूले उनको जीवन बचाउनका लागि लक्ष्मण खड्काको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिको सचिवमा मदन गोपाल सुब्बा र कोषाध्यक्षमा धनराज योङहाङ रहेका छन् ।

सदस्यहरूमा राजु आचार्य अग्नि, सञ्चार नेम्वाङ, लोकबन्धु कन्दङवा, भोजराज सिटौला, राजेन्द्र थापा, गोपी गिरी, प्रकाश शिवाकोटी, राजु कन्दङवा, सजेश शिवाकोटी, बलदेव गोम्देन, टेकबहादुर सुब्बा, एकराज उप्रेती, कुमार भट्टराई, टेकराज तिलिङ, उमेश डालमिया, नगेन्द्र बस्नेत, तुलाराम गुरुङ, ठगबहादुर खड्का, लाजेहाङ साम्यु र अप्रोच खान रहेका छन् ।

बचाउ समितिका सचिव मदनगोपाल सुब्बाले शुक्रवार बैङ्कमा समितिको नाममा खाता खोलिने जानकारी दिएका छन् ।
………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: